आन्तरिक हवाई उडानमा अत्यधिक चाप

तीन दिने भ्रमणका लागि भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

काठमाडौँ । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउनुहुने भएको छ । आगामी १ फागुन, सोमवार उहाँ नेपाल आउन लाग्नुभएको हो ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लाग्नुभएका विदेश सचिव क्वात्राले आफ्नो तीन दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारी लगायतसँग भेटघाट  गर्नुहुने छ  ।

सो अवसरमा विदेश सचिव क्वात्राले नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो दिनुहुनेछ ।  

अमेरिकाले नेपालमा राजनीतिक सक्रियता बढाएका बेला छिमेकी भारतका तर्फबाट पनि भ्रमण तय भएको हो। राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड अघिल्लो साता नेपाल भ्रमण गरेर फर्के लगत्तै यही साता अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएआईडीकी प्रमुख समान्था पावर नेपाल आउनुभएको थियो।

 

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ९ : ४६ बजे