राजमार्गमा दृष्य एक, पीडा अनेक

गुलाबको फूल आयातमा सरकारले लगायो प्रतिबन्ध  

काठमाडौँ । सरकारले गुलाबको फुल आयातमा प्रतिबन्ध लगाएको छ ।

भ्यालेन्टाइन डे अर्थात् १४ फ्रेबुअरीलक्षित गरी गुलाबको फूल आयातमा अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो ।

कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहरभवनकी प्रमुख सावित्री बरालले एक परिपत्र जारी गरी गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो । जसअनुसार काँकडभिट्टा, भण्टाबारी, विराटनगर, मलगंवा, जलेश्वर, बिरगञ्ज, तातोपानी, एयरपोर्ट, रसुवा, भैरहवा, कृष्ण नगर, गड्डाचौकी, लोमान्थाङ, बैतडी नाकाबाट गुलाबको फूल आयात गर्न नपाइने भएको छ । 

“यस केन्द्र तथा अन्तरगतका कार्यालयहरूबाट विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाबको फूल आयात नगर्नका लागि आयात अनुमति पत्र जारी गर्न नहुने सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ”, खनालले जारी गरेको परिपत्रमा भनिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ७ : ४९ बजे