राजमार्गमा दृष्य एक, पीडा अनेक

माया खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट

काठमाडौँ । माया खोला हाइड्रोपावरको आइपिओ बिहीबार बिहान बाँडफाँट भएको छ । 

यसमा सर्वसाधारण आवेदकले गोला प्रथामार्फत १ लाख ९९ हजार २०० जनालाई १० कित्ताका दरले सेयर हात पारेका छन् ।

उक्त आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ जना आवेदकले आवेदन दिएकामा १ लाख ५६ हजार हजार ६२५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । 

माघ १३ गतेदेखि १७ गतेसम्म ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपिओ निष्कासन गरेको थियो । यसमध्ये आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि १० लाख कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ४० हजार कित्ता सेयर यसअघि नै निष्कासन गरिसकेको छ । 

यसैगरी, कम्पनीले सामूहिक लगानी कोषमा १ लाख २० हजार कित्ता र कर्मचारीहरूका लागि ४८ हजार कित्ता सेयर छुटाइएको थियो भने बाँकी १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणलाई बिक्री खुला गरेको हो । सोही सेयर आज बाँडफाँट गरिएको हो । 

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ११ : ४९ बजे