आन्तरिक हवाई उडानमा अत्यधिक चाप

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौँ ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै छ ।

बुधवार अध्यक्ष ओलीको बालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष ओलीबीच भएको भेटवार्तापछि आज संयन्त्रको बैठक बस्न लागेको हो । सो भेटपछि संयन्त्रको बैठक बसाउन दुवै नेताबीच सहमति भएको जानकारी दिनुभएको थियो । 

दुई महिना नपुग्दै रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिएपछि सत्तारुढ दलमा खटपटी सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो । 

बैठकमा मुख्यतः सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल हुनेछ । 

प्रधानमन्त्री निवास बालुवाटारमा हुने संयन्त्रको बैठकमा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरूको उपस्थिति रहनेछ ।  

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ७ : ११ बजे