आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रधानमन्त्री दाहाल र एमाले ओलीबीच बालकोटमा भेटवार्ता 

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेकपा(एमाले)अध्यक्ष केपी शर्मा ओलीबीच  भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीको निजी निवास बालकोटमा उहाँहरूबीच भेटवार्ता भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीसँगको भेटवार्ताका लागि माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड आज बिहान ओली निवास बालकोट पुग्नुभएको हो । 

उहाँहरुबीच भएको भेटवार्ता राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारले आज लिन लागेको विश्वासको मत, र समसामयिक राजनीति लगायतका विषयमा छलफल भएको जनाइएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुँदै छ । 

राष्ट्रपतिमा एमाले र काँग्रेसले उम्मेदवारी दिने तयारी गरेका छन् भने माओवादीले राष्ट्रिय सहमति हुनुपर्ने भन्दै आएको छ । राष्ट्रपतिमा माओवादी र एमाले एकमत नहुँदा पुस १० मा बनेको सत्ता गठबन्धन भत्कने हो कि भन्ने संशय पैदा भएको छ । 

यसअघि मङ्गलवार पनि प्रचण्ड ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ९ : ५२ बजे