राजमार्गमा दृष्य एक, पीडा अनेक

हरियो तरकारी र फलफूलको मूल्य आज कति?

काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अङ्गुर १४० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार,  किवी र आभोकाडो ३०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

यस्तै, नेपाली ठुलो गोलभेँडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २५ रुपैयाँ, सेतो आलु र स्थानीय काउली २० रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम रहेको समितिले जनाएको छ ।

आज लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, जिराको साग र रायो सागको ४० रुपैयाँ, चम्सुर, मेथी, पालूगो र सौंफको साग ५० रुपैयाँमा पाइन्छ ।

यसैगरी, छ्यापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरियो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३८ रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ, नेपाली सुकेको लसुन र हरियो लसुन ८० रुपैयाँ, लौका ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, पुदिना ४०० रुपैयाँ र हरियो धनियाँ ५० रुपैयाँ रहेको छ ।

यसैगरी, ताजा छडी माछा २५० रुपैयाँ केजी, बचुवा माछा २६० रुपैयाँ केजी, मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३६० रुपैयाँ केजीमा रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ । 

 

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ८ : १२ बजे