आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले रावलले आज विश्वासको मत लिँदै 

धनगढी ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिने हुनुभएको छ ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम जिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताको बिचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लाग्नुभएको हो । 

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज बिहान ११ः०० बजे प्रदेशसभाको बैठक बोलाइएको छ । 

नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरेपछि अप्ठ्यारोमा पर्नुभएका रावललाई रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेसँगै मुख्यमन्त्री बन्न रावललाई विश्वासको मत लिन सहज भएको बताइएको छ ।

तर, उन्मुक्तिले भने मत दिने नदिने औपचारिक रूपमा घोषणा गरिसकेको छैन। जसका कारण मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सुनिश्चित भएको छैन।

नेकपा (एमाले)का रावल सत्ता साझेदार दल नेकपा(माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । 

 

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ७ : २४ बजे