राजमार्गमा दृष्य एक, पीडा अनेक

यूएसएआईडी प्रमुख सामन्था आज नेपाल आउँदै

काठमाडौँ – अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर आज नेपाल आउँदै हुनुहुन्छ ।

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै  युएसएआईडी प्रमुख सामन्था आज नेपाल आउन लाग्नुभएको हो ।  

सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट नेपालमा आउन लागेकी सामन्था उच्च अधिकारी हुनुहुन्छ। उहाँ राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत हुनुहुन्छ ।

नेपाल भ्रमणमा सामन्थाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।  

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  १० : ३७ बजे