आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रधानमन्त्रीले सबै राजनीतिका दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल गर्नुहुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ः०० बजेका लागि बोलाइएको बैठकमा संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले संसद्लाई दिनुपर्ने बिजनेसका बारेमा राय लिने बताइएको छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार संसद्को आगामी बैठकलाई प्रभावकारी रूपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरूलाई बोलाइएको हो ।

 

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ७ : ३६ बजे