आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रतिनिधिसभा बैठकमा उपस्थित भएनन् रास्वपाका सांसद्

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरूले प्रतिनिधिसभा बैठक अघोषित रुपमा बहिष्कार गरेका छन् ।

आज १ बजेबाट सुरु भएको बैठकमा उक्त पार्टीका कुनै पनि सांसद उपस्थित भएका छैनन् ।

हिजो राति अबेर बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा आज प्रतिनिधिसभा बैठक सामूहिक बहिष्कार गर्ने अनौपचारिक सहमति भएको थियो ।

त्यसैबमोजिम समय जुध्ने गरी पार्टीको बैठक डाकिएको छ । अहिले रास्वपाका सबै १९ जना सांसद पार्टी बैठकमा सहभागी छन् ।

प्रतिनिधिसभा बैठक अहिले जारी छ । आजै रास्वपा सभापति लामिछानेले  पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ। 

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १ : ५० बजे