आन्तरिक हवाई उडानमा अत्यधिक चाप

राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवार चयन गर्न विपक्षी दलको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्नका लागि विपक्षी दलहरूको बैठक आज पनि बस्ने भएको छ ।

शनिवार सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको बैठकमा साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भए पनि निष्कर्ष भने निकाल्न सकेको थिएन । सो बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीले भने आफ्नो पार्टीबाट उम्मेदवारी नहुने जानकारी सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिनुभएको थियो। 

गत साता बसेको काँग्रेस पदाधिकारी बैठकले भने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । आफ्नो पार्टीका उम्मेदवारलाई समर्थन जुटाउन सिंहदरबारमा बैठक बोलाए पनि उम्मेदवारको नाम काँग्रेसले घोषणा गरेको छैन । 

यद्यपि, आजको बैठकमा काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने बारेमा काँग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी बिच छलफल हुनेछ । 

 

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ७ : ३५ बजे