साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

 गृहमन्त्री वादल एमालेबाट नफर्किएपछि माओवादीले गर्यो पदमुक्त

काठमाडौं  ।  नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई दलबाट निष्कासन गरेको जनाएकोछ। माओावादी केन्द्रले राष्ट्रियसभाका अर्का सांसद चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण सोधेको पनि बताएको छ। थापा र खड्का दुवै राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो । 
थापाले दल त्याग गरेको सूचना संसद् सचिवालयमा माओवादी केन्द्रका राष्ट्रिय सभाका सांसद दिनानाथ शर्माले दर्ता गराएका हुन्। थापा छ वर्ष र खड्का चार वर्षका लागि राष्ट्रियसभा सदस्य बन्नुभएको थियो । 
सर्वोच्चको फैसलापश्चात् थापा एमालेमा रहने निर्णय गर्नुभएको थियो ।  यसअघि माओवादी केन्द्रले प्रतिनिधिसभामा विजयी भई प्रधानमन्त्री केपी ओलीको सरकारमा सहभागी हुने चार मन्त्रीलाई पदमुक्त गरिसकेको छ ।

 

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  २ : ५५ बजे