सडक यातायात क्रमशः सहजतातर्फ

मलेसियाका गृहमन्त्री आज स्वदेश फर्कनुहुँदै, मलेसियामा कामदार अनुकूल कानुन बनाइँदै

काठमाडौँ । मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन आज स्वदेश फर्कनुहुने भएको छ ।

बिहीबार साँझ नेपाल आउनुभएका मलेसियाली गृहमन्त्री सैफदिन नासुनले शुक्रवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरी नेपालबाट मलेसिया पठाइने श्रम शक्तिका बारेमा छलफल गर्नुभएको थियो । मलेसियाली गृहमन्त्री नासुसन र श्रम मन्त्री अर्यालबीच काठमाडौँको एक होटलमा भेटवार्ता भएको थियो । सो भेटका क्रममा दुई सरकार बीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको थियो।

“मलेसियासँगको सम्बन्ध हामी अझै अगाडि बढाएर जानेछौँ। श्रम सम्झौतासम्बन्धी नवीकरण गर्ने बेला भएको छ। हामीले त्यसलाई अत्यन्त सूक्ष्म तरिकाले अध्ययन गरेर आवश्यकता अनुसारको सुधार गर्नेछौँ”, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले भन्नुभयो, ‘नेपाली कामदारलाई मलेसियाका कामदारसरह नै सेवा सुविधा दिने कुरामा छलफल भएको छ। हामीले पठाउँदा पनि कामदारलाई स्किल सिकाएर पठाउने कुरा भएको छ।”

उता: मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमिकहरू मलेसिया गएको र सो मध्येबाट १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आबद्ध रहेको जानकारी दिनुभयो ।

मलेसियाली गृहमन्त्री नासुसन मलेसियाले कामदार अनुकूलको नीति निर्माण गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कामदारहरूका लागि ज्याला बढाउने काम नीति हामीले अघि बढाइरहेका छौँ। मलेसियामा भइरहेका नेपालीहरूको लागि हामी रि क्यालिब्रेशन प्लान अघि सारेका छौँ।”, उहाँका अनुसार मलेसियालाई हाल अपुग ५ लाख कामदार मध्ये धेरैजसो नेपालबाट लैजानका लागि आफूहरू तयार रहेकाले नेपाल भ्रमण गरेको जानकारी दिनुभएको थियो । 

सोही अनुसार नेपाल प्राथमिकतामा परेको गृहमन्त्री सामसुनले जनाउनुभयो  । 

 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ८ : ५१ बजे