आन्तरिक हवाई उडानमा अत्यधिक चाप

परराष्ट्र मन्त्री पौड्याल र श्रीलङ्काका प्रधानमन्त्रीसँग भेट 

काठमाडौँ । परराष्ट्र मन्त्री डा.विमला राई पौड्यालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ । 

श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएकी मन्त्री डा.पौड्यालले गए राती त्यहाँका प्रधानमन्त्रीसँग भेट गरी दुई देशबीचको आपसी सबन्ध र सहकार्यका विषयमा छलफल गर्नुभयो ।

श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेले नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेकाले आपसमा सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । 

प्रधानमन्त्रीसँगको भेटअघि  परराष्ट्र मन्त्री पौड्यालले श्रीलङ्काका विदेश मन्त्री एमयूएम अली सब्रिसँग भेट गर्नुभयो। शुक्रवार नै उहाँ श्रीलङ्काको स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा आयोजना गरिएको  सांस्कृतिक कार्यक्रममा सहभागी हुनुभयो। 

परराष्ट्र मन्त्री पौड्याल आज बिहानै सूर्योदयसँगै  श्रीलङ्काको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा सहभागी हुनुभयो  ।  

उहाँले आज दिउँसो श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट गर्नुहुनेछ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ८ : २० बजे