सुनको मूल्यमा नयाँ कीर्तिमान

लमजुङमा फागुन ११ गतेदेखि हात्तीपाइले विरुद्धको औषधी खुवाइने

काठमाडौँ । लमजुङमा आगामी फागुन ११ गतेदेखि हात्तीपाइले विरुद्धको आम औषधी खुवाइने भएको छ । 

लमजुङका बासिन्दालाई १४ औँ पटक औषधी खुवाइने भएको हो । 

हात्तीपाइले रोग निवारण हुन नसकेका जिल्लामा औषधी खुवाउने कार्यक्रम अन्तर्गत यसको तयारीका लागि स्वास्थ्य कार्यालयले जिल्ला स्तरीय योजना तर्जुमा गरेको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताउनुभयो। लमजुङको धमिलिकुवा र चक्रतीर्थमा गत मङ्सिरमा गरिएको हात्तीपाइले रोगको सर्वेक्षणमा प्रकोप दर १ प्रतिशतभन्दा कम देखिएको छ ।

निवारणका लागि फागुनमा औषधी खुवाइने र त्यसपछि ६ महिनामा पुनः परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । 

६ महिनामा प्रकोप दर १ प्रतिशत भन्दा बढी देखिए अर्को वर्ष पनि औषधी खुवाइने र कम देखिए २ वर्षपछि परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ७ : ५२ बजे