पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । 

बिहीबार पक्राउ परेका उनी आज जेल चलान भएका हुन् । 

२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा दोषी ठहर भएका उनलाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

सोही फैसला कार्यान्वयनका लागि प्रहरीले उनलाई बिहीबार बाँके कोहलपुरबाट पक्राउ गरेको थियो । आज बिहान उनलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको थियो । अदालतबाट कैदी पुर्जी बुझेर उनी जेल चलान भएका हुन् । 

उनी कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ११ : २८ बजे