आन्तरिक हवाई उडानमा अत्यधिक चाप

एमाले अध्यक्ष ओलीले दमकमा आज बहुप्राविधिक शिक्षालयको शिलान्यास गर्नुहुँदै

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकमा चार वटा प्राविधिक विषयमा पढाइ गर्न नयाँ प्रशिक्षण केन्द्रको आज शिलान्यास गर्नुहुने भएको छ । 

दमक बहुप्राविधिक शिक्षालय स्थापना गरेर यहाँबाट प्रत्येक तीन वर्षमा १ सय ९२ जना नयाँ प्राविधिक उत्पादन गर्ने लक्ष्य रहेको छ । 

पछिल्लो समय प्राविधिक शिक्षामा सबैको चासो र आकर्षण समेत बढ्न थालेपछि दमकमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अर्थात् सिटिइभिटी अन्तर्गतको शिक्षालय निर्माण हुन लागेको हो ।

दमकका लागि चार वटा विषय अध्यापन गराउन स्वीकृत भइसकेको शिक्षालयका प्राचार्य ठाकुर भट्टराईले जानकारी दिनुभयो ।

सिभिल इन्जिनियर, अटो मोबाइल, रेफ्रि जेरेसन एण्ड इयर कण्डिसन र मेकानिकल विषय पढाउन सिटिइभिटी सानो ठिमीबाट स्वीकृत भइसकेको छ । 

 

 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ९ : ०१ बजे