आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मलेसियाली गृहमन्त्री औपचारिक भेटवार्ता आजबाट सुरु हुने

काठमाडौँ । तीन दिने नेपाल भ्रमणका लागि आउनुभएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता सुरु गर्ने हुनुभएको छ । 

बिहीबार साँझ नेपाल आइपुग्नुभएका मलेसिया गृहमन्त्री इस्माइलले नेपालका समकक्षी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने तय भएको बताइएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाली गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीसँग संवाद गर्नुहुने छ । 

 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ८ : ०१ बजे