आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सांसदहरूको अभिमुखीकरण तालिम आज पनि

काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरूका लागि दिइएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउने भएको छ ।

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहीबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउन लागेको हो ।

प्रतिनिधिसभामा विजयी भएका सांसदहरू के कसरी बैठक र समितिको बैठकमा सहभागी हुने तथा यसका मान मर्यादाका बारेमा अग्रजहरूले जानकारी दिने तथा अनुभव साटने कार्यक्रम रहेको छ  । जसअनुसार आइतबारको अभिमुखीकरण कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, खिमलाल देवकोटा लगायतले आ–आफ्ना अनुभव सुनाउनुभएको थियो । 

आज हुने दोस्रो सत्रको बैठकमा पूर्व अर्थमन्त्री युवराज खतिवडा, नेपाल कानुन आयोगका पूर्व अध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष बिष्णुराज उप्रेती, संसद् सचिवालयका सचिव रोजनाथ पाण्डेलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

संसद् सचिवालयको आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई संसद्बारे जानकारी गराइनेछ। 

 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : ३३ बजे