सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

रोग लागेर केराको बोट सुक्न थालेपछि निजगढका किसान चिन्तित

बारा । केराको बोट सुक्ने रोग लागेपछि निजगढ नगरपालिकाको सिंगौलका केरा खेती गर्ने कृषकहरू चिन्तित बनेका छन् । 

केराको पात पहेँलो हुने बोटसमेत सुकेर मर्न थालेपछि स्थानीय किसानहरूमा चिन्ता बढ्न थालेको हो । 

रोग लागेर बोट सुक्न थालेपछि भर्खर पसाएको केराको काइँयोमा समेत साना कोसा लाग्ने र नसप्रिने समस्या देखिएको किसानहरूले बताएका छन् । यो रोग पहिलेदेखि केरा खेती गरिएको जमिनमा कम देखिएको भए पनि नयाँ खेतीमा भने प्रकोपको रूपमा देखा परेको किसानहरूले बताएका छन् । 

रोग लागेर केरामा क्षति भएपछि लगानी समेत नउठ्ने देखेर किसानहरू चिन्तित बनेका छन् । परम्परागत खेती गर्दै आएका सिंगौलका अधिकांश किसानहरू केही वर्षदेखि केरा खेतीतर्फ आकर्षित बनेका थिए । 

सिंगौलमा हाल ८५ प्रतिशत किसानले केरा खेती गर्दै आएका छन् । केही किसानहरूले भने अर्का जमिन भाडामा लिएर पनि केरा खेती गर्दै आएका छन् । उनीहरूले प्रतिकट्ठा ५ देखि ७ हजारसम्म वार्षिक रकम तिरेर खेती गर्दै आएको स्थानीय रामबाबु बुढाथोकीले बताउनुभयो । 

केरा बिक्रीबाट सिंगौलमा मात्रै वार्षिक २ करोडभन्दा बढी रुपैयाँ भित्रिने गरेको तर रोगले मर्न थालेपछि किसानलाई ठुलो क्षति हुने देखिएको अर्का स्थानीय किसान कमल गुरागाईँले बताउनुभयो । उहाँका अनुसार निजगढ नगरपालिका कार्यालयमा केरा विशेषज्ञ नहुँदा किसानले थप समस्या बेहोर्नुपरेको परेको छ । 

कृषि ज्ञान केन्द्र निजगढले निजगढ नगरपालिकाको निजगढ र सिंगौलको केही भागमा केरा पकेट क्षेत्र घोषणा गरेको भए पनि कार्यालयले केरा किसानलाई खासै सहयोग गर्न नसकेको किसानहरूले गुनासो गर्दै आएका छन् । 

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ११ : ४२ बजे