काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ ।
पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको संसदीय दल कार्य समिति बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षको चुनाव हुँदै छ । उपाध्यक्षमा उम्मेदवार दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार १० : ५४ बजे
प्रतिक्रिया