सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

अमेरिकी डलर स्थिर, आज कुन मुद्रा कतिमा हुँदै छ किनबेच ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर छ । 

आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि यसको खरिद बिक्री सोही मूल्य कायम थियो। 

युरोपियन युरो एकको खरिदमा १४२ रुपैयाँ ४३ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८ पैसा कायम गरिएको छ। यसअघि बुधवार युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ५४ पैसा र बिक्रीमा १४२ रुपैयाँ १९ पैसामा कारोबार भएको थियो । 

यस्तै, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६१ रुपैयाँ १६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९० पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिदमूल्य ९२ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९३ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन यसको खरिदमूल्य ९१ रुपैयाँ ४१ पैसा र बिक्रीमा ९१ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो । क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ २३ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६९ पैसा तोकिएको छ।

बिहीबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा पाइन्छ। राष्ट्र बैङ्कले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रुपैयाँ एक पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसामा पाइन्छ। 

आज कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ४४ पैसा र बिक्रीमा ४३० रुपैयाँ ४० पैसा पाइन्छ। 

त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ५१ पैसा तोकिएको छ । 

 

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ८ : ०३ बजे