सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

भारतीय बजेट : भुटानलाई २४ अर्ब, नेपाललाई घटाएर ५ अर्बमात्र

काठमाडौं  । भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को नयाँ  बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ अर्थात आठ अर्ब ८० करोड नेपाली रुपैयाँसहयोग गर्ने घोषणा गर्नुभएकाे छ । 

बुधबार संसद भवनमा बजेट पेश गर्दै वित्त मन्त्री सीतारमणले  २ अर्ब भारतीय रुपैयाँ घटाएर पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ सहयाेग गर्ने घोषणा गर्नुभएकाे हाे । गत वर्ष नेपाललाई सात अर्ब ५० करोड भारु अर्थात १२ अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने बजेटमा समेटिएकाे थियाे ।

वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को नयाँ  बजेटमा भुटानलाई २४ अर्ब रुपैयाँ सहयाेग गर्ने उल्लेख गर्नुभएकाे छ ।

 

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  २ : ५२ बजे