आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले का अध्यक्ष केपी ओलीबीच भेटवार्ता भइरहेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ  ।

भेटमा उहाँहरुबीच राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, सरकार सञ्चालन तथा समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ । उहाँहरू बीचको भेटवार्ता अहिले जारी रहेको छ । 

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गतेका लागि तोकिसकेको छ ।

नेकपा माओवादीले पछिल्लो समय राष्ट्रपति राष्ट्रिय सहमतिमा गर्ने भन्दै आएको छ । जसका कारण सत्ता साझेदार दलहरू बीच असमझदारी बढ्दै गइरहेको बुझिएको छ । 

 

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  १० : ४४ बजे