आन्तरिक हवाई उडानमा अत्यधिक चाप

राष्ट्रियसभा अध्यक्षले ‘सभामुख निवास’ नछाड्दा अन्योल, सभामुखलाई निवास पाउनै मुस्किल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ नछाडेपछि नवनियुक्त सभामुख देवराज घिमिरेको वासस्थान अझै तय हुन सकेको छैन ।

लामो समयदेखि सभामुखले प्रयोग गर्दै आएको सरकारी निवासबाट तत्कालीन सभामुख कृष्णबहादुर महरा ‘हट्नु परे’ सँगै राष्ट्रियसभा अध्यक्ष तिमिल्सना सो भवनमा सर्नुभएको थियो । यौन दुर्व्यवहार आरोपमा महरा हटेपछि लामो समयसम्म रिक्त रहेको सो भवनमा तिमिल्सिना सर्नुभएको थियो ।  

तर, अग्नि सापकोटा सभामुख चयन भएर आउँदा पनि पुरानो सभामुख निवासबाट तिमिल्सिना नहटेपछि सापकोटालाई लैनचौरमा नयाँ भवन खोजेर व्यवस्थापन गरिएको थियो । तर, अहिले सभामुख चयन भएर आउनुभएका घिमिरेले पुरानै सभामुख निवास खोजेर लैनचौर जान मानिरहेका छैनन्, जसका कारण सहरी विकास मन्त्रालयलाई सभामुखको नयाँ भवन चयन गर्न नै गाह्रो भइरहेको छ ।

''पुरानो सभामुख निवासबाट राष्ट्रियसभा अध्यक्ष सर्न मान्नुहुन्न, लैनचौरमा सभामुखज्यूले जान्न भन्नु भा छ, अब नयाँ भवन कहाँ खोज्ने ? छलफलमा नै छौँ'', सहरी विकास मन्त्रालयका एक उच्च अधिकारीले भन्नुभयो । यद्यपि, सभामुख घिमिरेलाई नयाँ बास स्थानको व्यवस्थापन भने चाँडै हुने मन्त्रालयले जनाएको छ । 

 

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ९ : १३ बजे