सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

अमेरिकी डलर बढ्यो, आज कुन मुद्रा कतिमा हुँदै छ किनबेच

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

आज अमेरिकी डलरको मूल्यमा ६८ पैसाले वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ । अघिल्लो दिन यसको खरिददर १३० रुपैयाँ १० पैसा र बिक्रीदर १३० रुपैयाँ ७० पैसामा कारोबार भएको थियो । 

आज युरोपियन युरो एकको खरिदमा १४१ रुपैयाँ ५४ पैसा र बिक्रीमा १४२ रुपैयाँ १९ पैसा कायम गरिएको छ । अघिल्लो दिन यसको खरिदमा १४१ रुपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रुपैयाँ ५९ पैसामा कारोबार भएको थियो । 

यस्तै, बेलायती पाउण्ड स्टर्लिङको मूल्य घटेको छ । आज यसको खरिददर १६१ रुपैयाँ ५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७९ पैसा तोकिएको छ। यसअघि मङ्गलवार यसको खरिददर १६१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६२ रुपैयाँ २५ पैसा तोकिएको थियो । 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको भाउ ८९ पैसाले घटेको छ । बुधवार यसको खरिद मूल्य ९१ रुपैयाँ ४१ पैसा र बिक्रीमा ९१ रुपैयाँ ८३ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिद मूल्य ९२ रुपैयाँ २९ पैसा र बिक्रीमा ९२ रुपैयाँ ७२ पैसामा कारोबार भएको थियो । क्यानेडियन डलर एकको खरिदमा भने  ९ पैसा घटेर यसको खरिददर ९७ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९८ रुपैयाँ १३ पैसामा पाइन्छ।

आज कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा पाइन्छ। राष्ट्र बैङ्कले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ तोकेको छ ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसामा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधवार ३० रुपैयाँ ६६ पैसा र बिक्रीमा ३० रुपैयाँ ८० पैसा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ १३ पैसा र बिक्रीमा ४३० रुपैयाँ ९ पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ४८ पैसा तोकिएको छ । 

 

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ७ : ४५ बजे