लामिछाने विरुद्धको उजुरी दर्ता भएन, सर्वोच्चको पूर्ण पाठपछि निर्णय हुने

काठमाडौँ । सर्वोच्च अदालतको आदेशबाट मन्त्री र सांसद पद गुमाउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको दोहोरो राहदानीविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परे पनि दर्ता भने हुन सकेको छैन  । 

सिन्धुली जिल्लाका युवराज पौडेल सफलले मङ्गलवार काठमाडौँ प्रहरी कार्यालयमा अमेरिका र नेपालको दोहोरो राहदानी लिएको आरोपमा अनुसन्धान गर्न उजुरी दिए पनि प्रहरीले उहाँ विरुद्धको उजुरी भने हाललाई दर्ता गरेको छैन । 

काठमाडौँ प्रमुख दानबहादुर कार्कीका अनुसार नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठ नआएको हुनाले जाहेरी दर्ता नगरिएको हो । 

निवेदनमा पौडेलले खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै लामिछानेलाई राहदानी ऐन अनुसार कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन गएका थिए । 

 

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ७ : ३८ बजे