आन्तरिक हवाई उडानमा अत्यधिक चाप

माओवादी केन्द्रको स्थायी समिति आज पनि बस्दै विभागहरूले पूर्णता पाउने 

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । 

पार्टी मुख्यालय पेरिस डाँडामा बसिरहेको स्थायी कमिटी बैठकबाट ‘सहमतिको आधारमा राष्ट्रपति चयन तथा सर्वोच्च अदालतका पूर्ण पाठ नपाएसम्म रवि लामिछानेलाई पुनः गृहमन्त्री दिन नहुने’ म्यान्डेट पाइरहेको बेला सो बैठक बस्न लागेको हो ।

माओवादीको जारी बैठकले सङ्गठन सुदृढीकरणमा तीन महिने अभियान चलाउने तथा ३० भन्दा बढी विभागलाई पूर्णता दिने बारेमा आजदेखि छलफल हुने बुझिएको छ ।

सोही अनुसार स्थायी समिति सदस्य र पोलिटब्युरो सदस्यलाई विभिन्न विभागको जिम्मेवारी दिईदैछ । 

 

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ७ : ११ बजे