आन्तरिक हवाई उडानमा अत्यधिक चाप

अरुण तेस्रोको सुरुङ भत्कँदा एक कामदारको मृत्यु, दुई घाइते

संखुवासभा । संखुवासभामा निर्माणाधिन अरुण तेस्रोको सुरुङ भत्किदा एक जना कमादारहको मृत्यु भएको छ भने दुई जना मजदुर घाइते भएका छन् ।  

नौ सय मेगावाटको निर्माणाधिन अरुण तेश्रोको पावरहाउस रहेको स्थान चिचिलाको पुखुवास्थित सुरुङभित्र काम गर्ने क्रममा मंगलबार बिहान सुरुङ भत्किएर दुर्घटना भएको हो  । 

दुर्घटनामा सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङको मृत्यु भएको छ । घटनामा भोजपुरका ५४ वर्षीय भीमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ वर्षीय मंगल तामाङ घाइते छन् । 

दुवै जना घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ । मृतकको शव पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ३ : २१ बजे