नेपाल क्रिकेट संघको बैठक बस्दै,सन्दीपको निलम्बन फुकुवाबारे छलफल हुने

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दै छ । 

पोखरामा बस्ने बैठकमा नेपाल टी–२० लिगको विवादबारे छलफल हुने जनाइएको छ । यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाका बारेमा पनि निर्णय हुने बताइएको छ ।

बैठकमा यू१९ राष्ट्रिय टिमको कप्तान र उपकप्तान मनोनयनका विषयमा पनि छलफल हुने छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ११ : २८ बजे