दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

ब्राउन सुगरसहित ९ जना पक्राउ

सिरहा । प्रहरीले सिराहबाट लागूऔषध ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सिरहा प्रहरीले नवराजपुर गाउँपालिका २ मझौराको  ओमप्रकाश यादवको घरमा छापा मारेर  ब्राउन सुगर  २८ ग्रामसहित ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घरधनी यादव, सोही ठाउँका २२ वर्षीय अमितकुमार यादव, २५ वर्षीय देवरामकुमार यादव, लहान नगरपालिका १२ का ५१ वर्षीय मदनकुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरी पक्राउ परेका हुन् ।

त्यसैगरी लहान नगरपालिका–५ का २७ वर्षीय इरफान हुसेन, लहान नगरपालिका(१ का १९ वर्षीय कृष्णा पासमान, सप्तरी शम्भुनाथ नगरपालिका–१२ अर्नाहका २३ वर्षीय रमेश पासमान र सप्तरीकै शम्भुनाथ नगरपालिकाका २२ वर्षीय सुरेशकुमार पासमान पक्राउ परेका हुन् । उनीहरुको साथबाट लागूऔषध तौल गर्ने डिजिटल मेसिन १ थान, मोबाइल ८ थान, मोटरसाइकल ४ थान र नगद ४ हजार ८ सय ८५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ४ : ११ बजे