दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

धनुषामा भित्ता भत्काएर हिरासतबाट ६ अभियुक्त फरार

काठमाडौँ । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना अभियुक्त फरार भएका छन्।

आइतबार राति खाना खाएर सुतेका अभियुक्तहरू मध्यरातमा फरार भएका हुन् ।

धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार  लागू औषध मुद्दाका विनोद शर्मा, सार्वजनिक मुद्दाका अमित मण्डल र रोशन यादव, अभद्र व्यवहार सम्बन्धी मुद्दाका हरिविक सिंह तथा हातहतियार मुद्दाका रोशन महतो र शङ्कर सिंह फरार भएका छन् ।

फरार अभियुक्तहरूको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ९ : ५६ बजे