आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालुवाटार पुग्नुभएको छ । 

मेयर शाह आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो ।

उहाँहरूबीच सुकुम्वासी समस्या समाधानलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पछिल्लो समय मेयर शाहमाथि अनधिकृत रूपमा निजी संरचना डोजर चलाएको, घोषणापत्रमा उल्लेखित मुद्दाहरूमा ध्यान नदिएको आरोप लगाउँदै विरोध भइरहेको छ ।

 

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ९ : २३ बजे