आन्तरिक हवाई उडानमा अत्यधिक चाप

उपलब्धिहरू प्राप्तिको श्रेय शहीदहरूलाई जान्छ : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय शहीदलाई नै जाने बताउनुभएको छ । 

उहाँले ‘शहीद दिवस–२०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै  प्रजातन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र पुनर्स्थापना आफ्नो जीवनको आहुति दिनुहुने सम्पूर्ण शहीदहरूको योगदानको उच्च मूल्याङ्कन र शहीद परिवारजनमा उच्च सम्मान व्यक्त गर्नुभएको छ । 

उहाँले जहानियाँ राणा शासन विरोधी आन्दोलन तथा त्यसपछिका ठूल–ठुला राजनीतिक क्रान्ति तथा सङ्घर्षमा आफ्नो जीवन आहुति दिनुहुने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 

“नेपाली जनताको लामो राजनीतिक सङ्घर्षपछि गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था स्थापना भएको छ, महान् वीर शहीदहरूको बलिदानीबाट प्राप्त यी उपलब्धिहरू संविधानमार्फत संस्थागत छन्”, उहाँले भन्नुभएको छ । 

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ७ : ३८ बजे