दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

राजधानी उपत्यकाभित्रै नक्कली मदिराको बिगबिगी

काठमाडाैँ । नेपाल प्रहरीले नक्कली मदिरा उत्पादन र कालोबजारीमा संलग्न गिरोहलाई पक्राउ गरेकाे छ । उनीहरुले स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिराको उत्पादन र व्यापार गरेको पाइएको छ ।

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले त्यस्तो मदिरा उत्पादन र कालोबजारीमा संलग्न गिरोह फेला पारेको जनाएको छ । टोलीले अस्ति शुक्रबार ललितपुरको कुपण्डोलस्थित  एउटा स्टोरमा फेला पारेको रक्सीको अनुसन्धानपछि उक्त तथ्य बाहिरिएको हो । 

‘निरज उप्रेतीको नेक्स टेस्ट लिक्वयर स्टोरमा नक्कली खुकुरी रम फेला परेको र सो कार्यमा गिरोह नै संलग्न भएको पाइएको हो,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयाे । 

हिजै शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका ५ टिकाथलीमा पनि नक्कली मदिरा बनाउन प्रयोग हुने केमिकल, खाली बोतल, राजश्व र अन्त शुल्कको स्टिकरलगायत रक्सी उत्पादनमा प्रयोग हुने मेसिन बरामद भएको जनाइएको छ । नयाँ बसपार्क नजिकैको एसटी लिक्वएर स्टोरमा पनि नक्कली रक्सी फेला परेको छ ।

प्रहरीले निरज उप्रेती, गणेशबहादुर रानामगर र धर्मी गौडेललाई पक्राउ गरेको छ । उनीहरुलाई थप अनुसन्धानको निम्ति जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ४ : ०५ बजे