सुनको मूल्यमा नयाँ कीर्तिमान

गङ्गालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिनेछ : प्रधानमन्त्री दाहाल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताउनुभएको छ। 

आज बिहान शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँको २७ औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्रीले राष्ट्रिय हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहनाबारे सरकारले पनि गम्भीरतापूर्वक लिने बताउनुभयो । 

उहाँले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न आफू प्रतिबद्ध  रहेको पनि बताउनुभयो । 

प्रधानमन्त्रीले गङ्गालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको भन्नुहुँदै जनताले यसलाई मुटु रोगको उपचार र आफ्नो भरोसाको केन्द्रका रूपमा बुझेको बताउनुभयो ।

“यो केन्द्र केवल स्वास्थ्य केन्द्र मात्रै होइन, यसको नामले नै केन्द्रको औचित्य प्रमाणित गर्दछ”, प्रधानमन्त्रीले भन्नुभयो, “शहीद गङ्गालाल हामी सबैले सम्मान गर्ने नाम हो। तानाशाही विरोधी, निरंकुशताविरोधी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने व्यक्तित्वको नाममा स्थापित हुनुको नाताले यस केन्द्रको भूमिका मुटु रोगका साथै लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायसँग पनि जोडिएको छ। विपन्न वर्गलाई सहज स्वास्थ्य सेवा प्रवाह गरेर यहाँहरूले लोकतन्त्र र सामाजिक न्यायप्रतिको भूमिका पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।”

 

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १२ : ०६ बजे