नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगे रवि लामिछाने 

काठमाडौँ । रवि लामिछाने नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुग्नुभएको छ ।

आज उहाँ नागरिकता लिनको लागि प्रशासन कार्यालय काठमाडौँमा पुग्नुभएको हो । अहिले प्रशासन कार्यालयमा भीड लागेको छ। भीड बढेसँगै प्रहरीको पनि बाक्लो रूपमा परिचालन गरिएको छ।

शुक्रवार सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरिदिएपछि उहाँ पुनः नागरिकता बनाउन प्रशासनमा पुग्नुभएको हो ।

लामिछानेले अमेरिकी नागरिकता त्याग्नुभए पनि पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा गर्नुभएको थिएन । यसबारे मुद्दा परेपछि गत शुक्रवार सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको थियो। 

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ११ : ४९ बजे