रवि लामिछाने आज नेपाली नागरिकता लिन जिल्ला प्रशासन जाने

काठमाडौँ । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ जाने तयारी गर्नुभएको छ ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उहाँले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गर्नुभएको हो।

लामिछानेले अमेरिकी नागरिकता त्याग्नुभए पनि पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा गर्नुभएको थिएन । यसबारे मुद्दा परेपछि गत शुक्रवार सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको थियो। 

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : २४ बजे