दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

धनुषामा पेस्तोलसहित २ जना पक्राउ

जनकपुरधाम । अवैध हतियार पेस्तोलसहित धनुषाबाट दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरी मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकमा पेस्तोलसहित समातिएका स्थानीय २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतोलाई सार्वजनिक गरेको हो । प्रहरी टोलीले गत माघ १२ गते साँझ विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनीहरुलाई पेस्तोलसहित पक्राउ गरेको थियो  ।

 उनीहरुको साथबाट माउजर पेस्तोल १ थान, सो पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड गरिएको २ थान गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद भएको  पेस्तोल उनीहरुले भारतीय सिमानाका जटहीबाट खरिद गरी ल्याएको खुल्न आएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ४ : २५ बजे