आन्तरिक हवाई उडानमा अत्यधिक चाप

एमालेले शहिदहरूको स्मृतिमा आज कार्यक्रम गर्दै

काठमाडौँ । नेकपा (एमाले) ले जहानियाँ राणा शासन अन्त्यका लागि शहादत प्राप्त गर्नुभएका वीर शहीदहरूको सम्मानमा आज शहिद स्मृति कार्यक्रम आयोजना गरेको छ । 

एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा शहीद स्मृति दिवस मनाउन लागेको हो । 

विक्रम संवत् १९९७ मा शहादत प्राप्त गर्नुभएका शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गङ्गालालप्रति सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरी शहीद दिवस मनाउन लागिएको हो । 

शहीदहरूको सम्झना र सम्मानमा सरकारले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउँदै आएको छ ।  

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : ५४ बजे