दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सिराहामा वन कर्मचारीकै मिलेमतोमा काठ तस्करी

सिराहा । सिराहामा सब डिभिजन कार्यालयकै कर्मचारीको मिलेमतोमा काठ तस्करी हुने गरेको स्थानीयहरूले आरोप लगाएका छन् । 

जिल्लास्थितका डिभिजन वन कार्यालय लहान र मातहतका सब डिभिजन कार्यालय कर्मचारीको संलग्नतामा काठ तस्करी भइरहेको स्थानीयहरूले आरोप लगाएका हुन् । 

डिभिजन वन कार्यालयको मातहतमा रहेका सब डिभिजन कार्यालयको कर्मचारीहरूकै मिलेमतोमा यस क्षेत्रबाट व्यापक रूपमा काठ तस्करी गराउने गरेको स्थानीयहरू बताउँछन् । 

जिल्लाको गोल बजार नगरपालिका–३ जम्दहको चोरपानेबाट दुई ट्याक्टरभन्दा बढी अवैध रूपमा तस्करहरूले फडानी गरी राखिएको अवस्थामा खयर जातको काठ बरामद गरेको वन कार्यालय लहानले जनाएको छ । 

इन्द्रेणी सेवा समाजद्वारा संरक्षित  ऐलानी पर्ती जमिनमा लगाइको खयरको रुख तस्करले कटान गरी लुकाएर राखेको अवस्थामा स्थानीयले जानकारी गराएपछि काठ नियन्त्रणमा लिएको हो । यहाँका सामुदायिक वनको काठ सब डिभिजन वन कर्मचारीको सेटिङमै अवैध रूपमा फडानी गरी चोरी निकासी हुने गरेको स्थानीय आन्नद कुमार सुनाउनुहुन्छ । 

उहाँले रुख फडानी भइरहेको विषयमा स्थानीयहरूले सब डिभिजन वन कार्यालयका कर्मचारीलाई पटक पटक जानकारी गराउँदासमेत बेवास्ता गरेको गुनासो गर्नुभयो । काठ तस्करी रोक्न डिभिजन र सब डिभिजनका प्रमुखहरूलाई समेत जानकारी गराउँदा बेवास्ता गरेको उहाँको भनाई छ । 

“काठ तस्करी र नियन्त्रणमा न वनको सक्रियता देखाएको छ न प्रहरीले नै”, उहाँले थप्नुभयो, “नियामक निकायकै मिलेमतोमा काठ तस्करी फस्टाएको छ । वन फडानीबारे जानकारी गराउँदा वन कर्मचारी सुन्दैनन् । तस्करी भइरहेको जानकारी गराउँदा न वन कर्मचारी वास्ता गर्छन् न । वन र प्रहरीको मौनताले काठ तस्करीमा उनीहरूको सेटिङ प्रष्ट देखिन्छन् ।”

खबर पाहुना साथ डिभिजन वन कार्यालयको टोलीले शुक्रवार करिब ७० क्युविफिट काठ बरामद गरेको सिराहाका प्रमुख निमित्त डिभिजनले वन अधिकृत शैलेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

बरामद काठ ल्याउने काम भइसकेको र फडानी गर्नेको परिचय पनि छिटै खुलिने अधिकृत मिश्रले बताउनुभयो । अनुसन्धानकै क्रममा रहेकाले तत्काल सबै कुरा भन्न नसक्ने वन कार्यालय प्रमुख मिश्रले बताउनुभयो।

यता, अवैध रूपमा काठ तस्करी गर्नेको नाम गोल बजार–३ कै दुःखी नामले परिचित ज्ञानकुमार साह रहेको नाम नखोल्ने सर्तमा एक स्थानीयले बताउनुभयो । 

यसअघि, पनि उनले खयरका रुखहरू काटेको विषयमा स्थानीय स्तरमा सचेत गराए पनि एक पटक वन कार्यालयको मिलेमतोमा जङ्गलको काठ फडानी गरी अवैध रूपमा चोरी तस्करी गर्ने गरेको स्थानीयहरू बताउँछन् । 

यस विषयमा सब डिभिजन कार्यालय चोहर्वाका प्रमुख सत्य नारायण यादवसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ११ : ४९ बजे