आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सरस्वती पूजाको अवसरमा राष्ट्रपतिद्वारा वसन्त श्रवण (फोटो फिचर)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर आज वसन्त श्रवण गर्नुभएको छ । 

राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा उक्त स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै गर्दै आएको पाइन्छ । सोही परम्पराअनुसार नासलचोक पुग्नुभएकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण समेत गर्नुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे काठमाडौँको हनुमानढोकास्थित नासलचोकमा वसन्त श्रवण मनाइएको हो । 

वसन्त श्रवणको अवसरमा उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सांसदहरू, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायत उपस्थित हुनुहुन्थ्यो ।

​​​​​​​

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  १२ : २१ बजे