सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

​​​​​​​काठमाडौँ ।  नेपाली बजारमा आज पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ। 

आज सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको छ। 

गत मङ्गलवार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । त्यसदिन सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको थियो।

बुधवार भने तोलामा १०० रुपैयाँले घटेको थियो । बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ ।  बुधवार छापावाल सुन प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ।  बुधवारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो। आज चाँदी प्रतितोला १ जार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधवार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ११ : ५७ बजे