ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

पोखरा । पोखरामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

पोखरा महानगरपालिका–३३ चवादीस्थित भित्री कच्ची सडकमा चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग१त ६६६४ नम्बरको  ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ६३ वर्षीय नलप्रसाद लामिछानेको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । 

ट्र्याक्टर आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा ट्र्याक्टरको पछाडिको भागले लामिछानेलाई च्यापेको थियो ।

दुर्घटना लगत्तै घटनास्थलमा पुगेको प्रहरीले लामिछानेलाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ७ : ५३ बजे