सुनको मूल्यमा नयाँ कीर्तिमान

भक्तपुर हर्ट एण्ड डावेटिज सेन्टरमा औषाधि विभागको अनुमतिपत्र नभएका व्यक्ति पसलमा

भक्तपुर।​​​​​​​ भक्तपुरकै चर्चित भक्तपुर हर्ट एण्ड डावेटिज सेन्टरमा औषाधि विभागको अनुमतिपत्र नभएका व्यक्ति पसलमा बसिराखेपछि अनुमतिपत्र विना पसलमा नराख्न निर्देशन दिइएको छ ।

भक्तपुर नगरपालिका अनुगमन समितिबाट नगरको त्रिपुरासुन्दरीमा औषाधि पसलहरु बुधबार अनुगमन गर्दा यस्तो भेटिएको हो । साथै  नाकोटिक औषाधि एकै व्यक्तिलाई लोरी १ एमजी, लोरी २ एमजी, क्लोजेप ०.२५ र क्लोजेप ०.५ चार थरीको औषाधि छोटो समयमा धेरै दिइराखेको भेटिएकोले रिटेलर्स रिकर्ड फारममा देखिएकोले लागूपदार्थको रुपमा प्रयोग हुने जनाइयो । त्यसो भएकोले डाक्टरको प्रिक्रिप्सन अनुसार मात्र दिन र त्यसरी जथाभावी नवेच्न निर्देशन दियो ।

भक्तपुर फर्मेसी नविकरण गर्न र म्याद नाघेको बच्चाहरुको खोकीको औषाधि नेपेक्स ८ वटा जफत गरी नष्ट गरिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।

अनुगमनमा अनुगमन समितिका भनपा श्यानिटेशका नगर.निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक.रामकृष्ण प्रजापति, कर शाखाका न्हुज किजु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी नायव निरीक्षक राजु प्रसाईं, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, घरेलु तथा साना उद्योग संघका लक्ष्मीप्रसाद बाटी, ख्वप अस्पतालका मनिष ज्याख्व सहभागी थिए ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ९ : ०० बजे