राजदूत अधिकारी र पाकिस्तानका कानून राज्यमन्त्रबीच भेटवार्ता

काठमाडौं। पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान सरकारको कानून तथा न्याय मन्त्रालयका राज्यमन्त्री शाहदत अवानसँग भेटवार्ता गर्नुभएको छ।

बुधबार राज्यमन्त्री अवानको इस्लामावादस्थित कार्यकक्षमा भएको भेटमा  उहाँहरुबीच नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध र यसलाई थप सुमधुर बनाउने उपायबारे छलफल भएको राजदूत अधिकारीले बताउनुभयो । 

 भेटमा दुई देशबीचको संसदीय सहकार्यबारे पनि छलफल भएको राजदूत अधिकारीले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ६ : ३२ बजे