साफ यू–१७ च्याम्पियनसिप आजदेखि

वीरगन्जमा प्रेम आचार्य प्रति श्रद्धाञ्जली अर्पण

वीरगञ्ज । संसद् भवन अगाडी आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरेका प्रेम प्रकाश आचार्यप्रति वीरगन्जमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।

नेपाल खेलकुद महासङ्घ वीरगन्ज पर्सा, नेपाल जनता पार्टी  सङ्घ सङ्गठन र पार्टी लगायतले आचार्यप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।  

वीरगन्जको घण्टाघरमा जम्मा भएका उनीहरूले सरकारको लाचारीका कारण आज  युवाहरू आत्महत्या गर्न बाध्य भएको भन्दै आक्रोश पोखे ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ६ : २१ बजे