धरहराबाट उपत्यका नियाल्ने रहर

क्रोएसिया पठाईदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौं । क्रोएसिया पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको आराेपमा एक युवक पक्राउ परेका छन् । 

मोरङ मिक्लाजुङ गाउँपालिका–९ घर भएका २९ वर्षीय साहिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको अभियोगमा बस्नेतलाई प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । 

वैदेशिक रोजगारीमा क्रोएसियाको कम्पनीमा मासिक १ लाख भन्दा बढी कमाई हुने गरी बस्नेतले फुडप्याकिङको काम लागइदिन्छु भन्दै पीडितहरुबाट रकम ठगी गरेको उनीमाथि आराेप छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले  उनलाई पक्राउ गरेको छ । बस्नेतले प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरुबाट उक्त रकम ठगी गरेको खबर वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।   

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ४ : १० बजे