दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

बागलुङ । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बागलुङमा एक पुरुष पक्राउ परेका छन् । यहाँको काठेखोला गाउँपालिकाका ३३ वर्षीय बाबुले १५ वर्षीया छोरीलाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

गत असोज ६ गते बलात्कारमा परेकी ती छोरीले बाबु नभएको मौका पारेर माघ ६ गते मात्रै जिल्ला प्रहरीमा उजुरी गरेकी हुन् । उजुरीपछि प्रहरीले ती व्यक्तिलाई बुटवलबाट पक्राउ गरेको हो । आइतबार उनलाई प्रहरीले पक्राउ गरेर बागलुङ ल्याएको छ ।

प्रहरीले जबर्जस्ती करणी तथा हाडनाता करणी मुद्दा दर्ता गरेको पनि जनाएको छ । घटना ५ महिनाअघि भए पनि डरधम्कीका कारण उजुरी गर्न नसकेकी पीडितले बाबु नभएको मौका पारेर उजुरी दिएकी हुन् । पीडितको स्वास्थ्य परीक्षणपछि आमासँगै बसेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयाे ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ४ : ५८ बजे