साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पदमुक्त चार मन्त्रीको साँझ पाँचबजे शपथ 

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदमुक्त गराएका चारजना मन्त्रीले आजै पुननियुक्ति लिने भएका छन् । उनीहरुको दिउँसो ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम राखिएको  राष्ट्रपतिका प्रमुख स्वकिय सचिव डा. भेषराज अधिकारीले चक्रपथलाई बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइएको हो। ६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी त्यस समय सम्म मन्त्री हुन पाउँछन् । नेकपा एकीकरण सर्वोच्चले बदर गरेपछि एमाले र माओवादी पूर्ववत अवस्थामा गएपछि एमाले तिर बसेका चार सांसदलाई माओवादी केन्द्रले पदमुक्त गरेको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  १ : १८ बजे